भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जम्दा दर्शनार्थी प्रभावित

मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जम्दा दर्शनार्थी प्रभावित

काठमाण्डौ, १० कार्तिक । देशका उच्च हिमाली भू–भागहरूमा कात्तिकमै हिमपात परेको छ। मुस्ताङ, मनाङ, गोरखा लगायतका विभिन्न ठाउँ हिउँले ढाकिँदा जनजीवन प्रभावित बनेको छ।

मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ, कोरलानाका, छोसर र मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जम्दा दर्शनार्थीहरू समस्या भोगिरहेका छन्।

लोघेकर दामोदरकुण्ड गाउँपालिकामा हिमपात भएपछि किसानहरूका लागि सिँचाइको लाभ भएको छ। यस्तै वारागुङ मुक्तिक्षेत्रका खिङ्गा, झोङ, फल्याकलगायत गाउँमा बाक्लो हिउँ परेपछि अत्यधिक चिसो बढेको छ।

हिमपातका कारण जोमसोम–मुक्तिनाथ सडकखण्डमा जोखिम बढेपछि स्थानीय प्रशासनले कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका निले, छुले, पाङ्दुन, सामागाउँ, साम्दो, स्याला, ल्होलगायत गाउँमा पनि गएरातिदेखि निरन्तर हिमपात भइरहेको छ।

हिउँ परेपछि स्थानीयहरू घरभित्रै बसेका छन् भने मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू सामागाउँ र साम्दोमा रोकिएका छन्। कात्तिकमै परेको यस वर्षको पहिलो हिमपातले एकातिर जनजीवन प्रभावित पारेको छ भने अर्कातिर खेतीबालीका लागि लाभदायक बनेको छ।

 


Thali Mobile Pvt.Ltd.