भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जम्दा दर्शनार्थी प्रभावित

मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जम्दा दर्शनार्थी प्रभावित

काठमाण्डौ, १० कार्तिक । देशका उच्च हिमाली भू–भागहरूमा कात्तिकमै हिमपात परेको छ। मुस्ताङ, मनाङ, गोरखा लगायतका विभिन्न ठाउँ हिउँले ढाकिँदा जनजीवन प्रभावित बनेको छ।

मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ, कोरलानाका, छोसर र मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जम्दा दर्शनार्थीहरू समस्या भोगिरहेका छन्।

लोघेकर दामोदरकुण्ड गाउँपालिकामा हिमपात भएपछि किसानहरूका लागि सिँचाइको लाभ भएको छ। यस्तै वारागुङ मुक्तिक्षेत्रका खिङ्गा, झोङ, फल्याकलगायत गाउँमा बाक्लो हिउँ परेपछि अत्यधिक चिसो बढेको छ।

हिमपातका कारण जोमसोम–मुक्तिनाथ सडकखण्डमा जोखिम बढेपछि स्थानीय प्रशासनले कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका निले, छुले, पाङ्दुन, सामागाउँ, साम्दो, स्याला, ल्होलगायत गाउँमा पनि गएरातिदेखि निरन्तर हिमपात भइरहेको छ।

हिउँ परेपछि स्थानीयहरू घरभित्रै बसेका छन् भने मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू सामागाउँ र साम्दोमा रोकिएका छन्। कात्तिकमै परेको यस वर्षको पहिलो हिमपातले एकातिर जनजीवन प्रभावित पारेको छ भने अर्कातिर खेतीबालीका लागि लाभदायक बनेको छ।

 


Thali Mobile Pvt.Ltd.