भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

विश्व औलो दिवसः डब्लुएचओको औलो उन्मूलनका लागि सशक्त आह्वान

विश्व औलो दिवसः डब्लुएचओको औलो उन्मूलनका लागि सशक्त आह्वान

काठमाडौँ । आज विश्व औलो दिवस मनाइँदैछ। यस अवसरमा विश्व स्वास्थ्य सङ्गठन WHO ले विश्वभरका सरकार र सम्बद्ध निकायलाई औलो (मलेरिया) उन्मूलनका लागि अझ दृढ नीतिगत प्रतिबद्धता र प्रभावकारी कार्यान्वयनमा जोड दिन आह्वान गरेको छ।

सङ्गठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले राजनीतिक इच्छाशक्ति, दिगो लगानी, बहुक्षेत्रीय सहकार्य र समुदायको सक्रिय संलग्नता मार्फत औलो उन्मूलन सम्भव हुने बताए।

औलो, विशेष गरी अफ्रिकी तथा दक्षिण एशियाली क्षेत्रका लागि अझै गम्भीर स्वास्थ्य चुनौती बनेको छ। हरेक वर्ष औलोका कारण विश्वभर लाखौँ मानिस प्रभावित भइरहेका छन्।

आजकै दिन अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि मनाइन्छ। सन् १९४५ अप्रिल २५ मा सान फ्रान्सिस्कोमा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनमार्फत दोस्रो विश्वयुद्धपछिको नयाँ विश्वव्यवस्था निर्माणको अभियान सुरु गरिएको स्मरणमा यो दिवस मनाइन्छ।

 


Thali Mobile Pvt.Ltd.