भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्व औलो दिवसः डब्लुएचओको औलो उन्मूलनका लागि सशक्त आह्वान

विश्व औलो दिवसः डब्लुएचओको औलो उन्मूलनका लागि सशक्त आह्वान

काठमाडौँ । आज विश्व औलो दिवस मनाइँदैछ। यस अवसरमा विश्व स्वास्थ्य सङ्गठन WHO ले विश्वभरका सरकार र सम्बद्ध निकायलाई औलो (मलेरिया) उन्मूलनका लागि अझ दृढ नीतिगत प्रतिबद्धता र प्रभावकारी कार्यान्वयनमा जोड दिन आह्वान गरेको छ।

सङ्गठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले राजनीतिक इच्छाशक्ति, दिगो लगानी, बहुक्षेत्रीय सहकार्य र समुदायको सक्रिय संलग्नता मार्फत औलो उन्मूलन सम्भव हुने बताए।

औलो, विशेष गरी अफ्रिकी तथा दक्षिण एशियाली क्षेत्रका लागि अझै गम्भीर स्वास्थ्य चुनौती बनेको छ। हरेक वर्ष औलोका कारण विश्वभर लाखौँ मानिस प्रभावित भइरहेका छन्।

आजकै दिन अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि मनाइन्छ। सन् १९४५ अप्रिल २५ मा सान फ्रान्सिस्कोमा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनमार्फत दोस्रो विश्वयुद्धपछिको नयाँ विश्वव्यवस्था निर्माणको अभियान सुरु गरिएको स्मरणमा यो दिवस मनाइन्छ।

 


Thali Mobile Pvt.Ltd.