भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अपरिचित व्यक्तिलाई टाेलमा प्रवेश निषेध

अपरिचित व्यक्तिलाई टाेलमा प्रवेश निषेध

ललितपुर । टोलटोलमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध गर्न स्थानीयवासीहरु सक्रिय भएका छन । कोरोना भाइरस संक्रमणबाट जोगिन टोलका युवाहरु अपरिचित व्यक्तिको प्रवेशमा रोक लगाउन र घरबाहिर निस्किन रोक लगाएका छन् ।

 

कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि घरमै बस्ने उद्देश्यले सरकारले लकडाउन गरेपछि टोल टोलका स्थानीयहरु सफल पार्न यस्तो कार्य गरिरहेका छन् । ललितपुर महानगरपालिका वडा न ७, शितल छाँयाटोल सुधार समितिले अपरिचित व्यक्तिलाई टोल प्रवेशमा रोक लगाएको हाे ।

प्रहरी प्रशासन ग्रामिण टोल भन्दा सहरमा बढी केन्द्रित हुने भएकाले स्थानीय युवाहरु स्वस्र्फुत लकडाउनलाई सफल पार्न सक्रिय भएको टोल सुधार समितिले जनाएको छ ।

गाउँमा कुनैपनि अपरिचित व्यक्तिलाई छिर्न नदिएको, जताबाट आउँछ उतै फर्काउने गरेको, एक टोलका मानिसलाई अर्को टोलमा पनि जान नदिएको समितिको भनाई छ ।

उनीहरुले यतिबेला अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको सूचना लेखेर ठाँउ ठाँउमा झुण्ड्याएका छन् ।

 


Thali Mobile Pvt.Ltd.