भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आठबीस नगरपालिका दैलेखको छैठौं नगरसभा आजबाट सुरु

आठबीस नगरपालिका दैलेखको छैठौं नगरसभा आजबाट सुरु

राकम, २१ माघ। आठबीस नगरपालिकाको छैठौं नगरसभा आजबाट सुरु भएको छ । सभामा बोल्दै नगरप्रमुख खड्गराज उपाध्यायले विभिन्न समस्याका बावजुत पनि नगरको विकास तीब्रगतिमा अगाडि बढिरहेको बताएका छन् । नगरसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन नगरको मुख्य समुन्नतीको आधार रहेको भन्दै नगरप्रमुख उपाध्यायले छिटै अब नगरवासीले व्यरोजगारी समस्या झेल्न नपर्ने बताए । नगरपालिकाले विगतका वर्ष भन्दा फरक काम गरेर जनताको मनोवल उच्च राख्ने खालका योजना ल्याएको संकेत गर्दै उनले नगर समुन्नतीको बाटोमा अघि बढेको बताए ।

देशले संघियताको पहिलो अभ्यास गरेकाले केहि रुमलिए जस्तो लागे पनि अब त्यो हटेर गएको जिकिर गरे । शुरुका दिनमा जनप्रतिनिधिलाई त अन्यौल थियो भने जनसमुदायलाई अन्यौल नलाग्ने कुरै भएन भन्दै बिकासले अब फड्को मार्दै अघिबढेको बताए ।

नगरसभामा बोल्दै नगर उपप्रमुख दिपा बोहोराले हचुवाको भरमा बजेट ल्याउनु भन्दा पनि वास्तवीक जनताका समस्याप्रति केन्द्रित हुदै जनमुखी बजेटमा जाेडदिनु पर्ने । विगतमा भएका कमि कम्जोरीबाट शिक्षा लिदै आगामी दिनमा कम्जोरी नहोरिने  बताइन् ।

जनताको सरकार भएकाले बजेट पनि जनस्तरबाट ल्याउनु पर्ने तर्क सार्दै बजेटमा जनताकाे पहुँच हुनुपर्ने बताईन् । आफु मरिमेटि भएपनि सेवा प्रवाहमा कुनै कमि हुन नदिने उनको भनाई छ ।
त्यस्तै नगरसभामा प्रमुख प्रशासकीय अधिकृत युवराज न्यौपानेले आफु जनताको सेवक भएकाले सेवाप्रवाहमा कुनै समस्या आउन नदिने प्रतिवद्धता जनाए ।

सेवाग्राहीले कागजी प्रक्रिया नमिल्दा अलि समय लाग्ने भएकाले गाली गलोज गर्नु भन्दा पनि सहजता अपनाउन भन्दै सेवाप्रवाहमा कमि कम्जोरी भए गुनासो गर्न सेवाग्राहीलाई सुझाव समेत दिए । नीति, नियम र विधिको पालना सबै नागरिकले गर्नु पर्ने भन्दै न्यौपानेले जनप्रतिनिधिले अल्झनलाई सहज ढंगले बाटो खोलिदिए कुनैपनि काममा समस्या नआउने जिकिर गरे ।

नगरपालिकाको सभाहल राकम कर्णालीमा उल्यख्य सहभागिताका बीच नगरसभा उद्घाटन गरिएको नगरसभामा सवै वडाका वडाध्यक्ष, नगरकार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.