भर्खरै : Sorry, your browser does not support inline SVG.
२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र | लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ | पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना | अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा | दुई सुरुङमार्ग अन्तिम चरणमा स् थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा | ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट, उपभोक्तालाई थप आर्थिक भार पर्ने चिन्ता | रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा |

आठबीस नगरपालिका वडा नं ७ मडासैन बासिलाई दक्षिण कोरियाबाट राहत

आठबीस नगरपालिका वडा नं ७ मडासैन बासिलाई दक्षिण कोरियाबाट राहत

२५ बैशाख काठमाडौं । विश्वमा कोराना भाइरस (कोभिड १९)ले मानजातिकै जीवन अस्तवेस्त वनाइ रहेको छ । मानिसहरु दैनिक कार्य गर्न असमर्थ भएपछि दैनिक छाक टार्न पनि मुस्किल परिरहेको छ । पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्दै गएको छ । दैनिक ज्यालादारी मजदुरको अवस्था नाजुक बनदै गएको वेला जन्मभूमि छोडेर सात समुन्द्रपारि गएका मानिसहरु समेत आफ्नो जन्मभूमिमा रहेका मानिसहरुको अवस्था कमजोर नहोस भनेर आफुले सक्ने सहयोग गरिरहकेका छन् ।

यस्तै बैदेशिक रोजगारिको शिलशिलामा दक्षिण कोरियामा रहेका छविलाल न्यौपाने र उमेश न्यौपानेले राहत पठाएका छन् । उनीहरुले दैलेख जिल्ला आठबीस नगरपालिका वडा नम्बर ७ मडासैनका स्थानीयलाई राहत पठाएका हुन ।
कोरियामा रहेर पनि आफ्नो जन्मभूमिको अप्ठोरोलाई मनमा सोचेरमात्र नबसी आफुहरुले सकेको सहयोग गरेको छविलाल र उमेशले बताए । उनीहरुले हामीले टाढा रहेर पनि आफ्नो जन्मभुमिमा रहेका नागरिकहरुका लागि राहत सहयो गर्न पाएकोमा खुशी व्यक्त गरे । विश्वमा फैलिएको कोरोना भाइरस विरुद्ध लडन लकडाउन नै उक्तम विकल्पम भएकाले सबैजनाले लकडाउनको पालना गर्नुपर्ने बताए ।

आठबीस नगरपालिका वडा नं ७ मडासैनमा रहेका ३७ घर परिवारलाई राहत स्वरुप प्रति परिवारलाई २५ केजी चामल, १ केजी दाल, १ प्याकेट नुन, १ प्याकेट तेल वितरण गरेको स्थानीले जानकारी दिए ।
विदेशमा रहेर पनि आफुहरुलाई राहत स्वरुप राहत सामग्री पठाएकोमा उनीहरु दुवै जनालाई स्थानीयले धनयवाद दिएका थिए । बैदेशिक रोजगारिमा दक्षिण कोरियामा रहेका उनीहरुको पूर्खेयौली घर दैलेखको आठबीस नगरपालिका वडा नं ७ मडासैन भएपनि हालको बसोबास कैलालिको लम्किचुहा नगरपालिकामा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.