भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

उत्पादकत्व वृद्धि गर्न खेर गइरहेको जमिन प्रयोगमा ल्याउने

उत्पादकत्व वृद्धि गर्न खेर गइरहेको जमिन प्रयोगमा ल्याउने

२ जेठ २०७७ काठमाडौं । उत्पादकत्व वृद्धि गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले खेर गइरहेको जमिनलाई प्रयोगमा ल्याउन अभियान सञ्चालन गर्ने सरकारले नीति लिएको बताएकी छिन् ।

संघिय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले १० वर्षमा उत्पादन दोब्बर गर्नका लागि व्यवसायीककरण र आधुनिकीकरणमा जोड दिने बताइन् । उनले मुलुक कोरोना भाइरसको चपेटामा परेको कारणले विकास गतिमा धक्का पुगेको जिकिर गरिन् ।

आर्थिक सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने भन्दै उनले वेरोजगारीलाई रोक्नका लागि व्यवसायीक कृषि र उत्पादन मुलक सेवाका कार्यक्रम परिचलान गर्ने बताइन् । खेर गएको जमिनलाई उपयोगमा ल्याउने बताउँदै उनले रासायनिक मल र उन्नत बीउको वितरण तथा सिंचाई क्षेत्रको पनि विस्तार गर्ने बताइन् ।

धान, मकै आलु लगायतको उत्पादनमा वृद्धि भएको बताउँदै उनले अगामी आर्थिक वर्षमा थप आधुनिकीकरण, व्यवसायीककरण र यान्त्रिककरणमा जोड दिई उत्पादनमा जोड दिइने बताइन् ।

 


Thali Mobile Pvt.Ltd.