भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एकद्वार प्रणालीबाट राहत वितरण गरेका छाैं : वडाध्यक्ष

एकद्वार प्रणालीबाट राहत वितरण गरेका छाैं : वडाध्यक्ष

११ बैशाख २०७७ काठमाडाैं । क्षेत्रफलका हिसावले वडा न. १ ठूलो वडा भएकाले ६ क्षेत्रमा विभाजन गरेर कोरोना नियन्त्रण तथा राहतका कार्यहरु सम्पादन गरिरहेको भक्तपुर नगरपालिका वडा न १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताएका छन् । नगरपालिकाको निर्देशन बमोजिम काम सम्पन्न भैरहेको भन्दै खत्रीले घर घरमा स्वयम सेवकपरिचालन गरी राहत वितरण गरिएको बताए ।

खानको समस्या परेका, विपन्न तथा भक्तपुर बाहेकका जिल्लाबाट यहाँ कोठा भाडामा बसिरहेकाहरुलाई राहत वितरण गरिएको भन्दै उनले तथ्याङ्क संकलन गरेर राहत वितरण गरेको जानकारी दिए । समन्वय समिति, अनुगमन समिति मार्फत दिन रात नभनी काम गरिएको भन्दै महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथाममा विशेष ध्यान दिएको बताए ।

कार्य सम्पादनमा कुनै समस्या नरहेको भन्दै खत्रीले पार्टीको सिद्दान्त अनुसार सबैकुराको चाँजोपाँजो मिलाएको बताए । राहत वितरणमा एकद्वार प्रणाली लागु गरिएको उनको भनाई छ । कुनै संघ सस्थाले राहत दिन चाहेमा नगरसंग समन्वय गरेरमात्र राहत दिन पाउने भन्दै त्यसका लागि जनप्रतिनिधिले सहजीकरण गर्ने बताए । भक्तपुर बाहिरबाट आएका र समस्यामा परेकाहरूलाइ वडाले विशेष ध्यान दिएको बताए ।

बाँकी भिडियो हेर्नुहोस…

 


Thali Mobile Pvt.Ltd.