भर्खरै : Sorry, your browser does not support inline SVG.
२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र | लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ | पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना | अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा | दुई सुरुङमार्ग अन्तिम चरणमा स् थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा | ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट, उपभोक्तालाई थप आर्थिक भार पर्ने चिन्ता | रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा |

कविता : कोरोनाको सन्देश

कविता : कोरोनाको सन्देश

कोरोनाको सन्देश
अरुको भर न परी आफै सक्षम हुनु पर्छ
सुरक्षा र स्वास्थ्यकर्मी देशमा उत्तम हुनु पर्छ ।

प्रदूषण न गरे हावा पानी सफा हुन्छ
बेलैमा चेत न गरे संसार नै सखाब हुन्छ ।

मैं हूँ ठुलो भन्नेहरु मात्र भनाऊँदा रहेछन
सानो फुच्चे “विषाणु” बाट डराऊँदा रहेछन ।

क्वारेनटाइन र आइसोलेशन पनि हूँदा रहेछन
रोग लागेका मान्छेहरु यिनैमा बस्दा रहेछन ।

बेलैमा उपचार न पाए जनताहरु मर्न सक्छन
“मेरो कालमा” पनि नेताहरु भ्रष्टाचार गर्न सक्छन ।

दुई चार पान्ग्रे वाहनहरु गुडाउन मिल्दैन
“मलाई” त्यसै हावातालमा उडाउन मिल्दैन ।

लकडाउनबाट बाहिर आए म सल्की हाल्नेछु
घर भित्रै बसी राखे एक दिन म ढल्की हाल्नेछु ।

Dipak

दीपक बडुवाल

पालना गर नियमहरु आफुलाई जोगाउन
त्यसो न गरेमा बढ़ी समय लाग्दैन रोग (म) आऊन ।

पहिला रातो, पहेंलो र हरियो ज़ोन बनाउनु
लकडाउन खुकुलो गर्न छिटै न मन बनाउनु ।

लकडाउन खुले पनि नियमित अन्तर बनाई राख्नु
मलाई भगाऊन “मास्क” नामको जन्तरलाई राख्नु ।

आठबीस नगरपालिका वडा न. ८, दैलेख (हाल सुर्खेत)

 


Thali Mobile Pvt.Ltd.