भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

लिपुलेख सडक : भारतले नेपालको सार्वभौमिक्ता माथि आघात पुर्यायो – बुद्धिनारायण श्रेष्ठ

लिपुलेख सडक : भारतले नेपालको सार्वभौमिक्ता माथि आघात पुर्यायो – बुद्धिनारायण श्रेष्ठ

कोरोना कहरकै बिचमा भारतले नेपालको सार्वभौमिक्ता माथि आँच पु¥याएको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताएका छन् । भारतले पिथौरागढ नजिकैबाट गुन्जी, कालापानी लिपुलेख अन्तिम सम्म पुग्ने ८० किलोमिटर सडकको उद्घाटन गर्यो ।

यसले नेपालको सार्वभौमिक्ता माथि दखल पु¥याएको दावी गर्दै भारतले बलमिच्याई गरी नेपाली भुमिमाथि सडक बनाउनु नेपालको स्वतन्त्रतामाथि आघात पु¥याएको बताए । भारतीय रक्षामन्त्रीले सडक उद्घाटन गर्दा भारतीय सेना प्रमुख मनोज मुण्डा, डिफेन्स स्टाफको चिफ विपिन रावतलाई साँची राखेर उसले लिपुलेख त्रीदेशीय विन्दु बनाउन खोज्यकोले नेपाल सरकारले यसको सोधिखोजी गर्नु पर्ने बताए ।

यो सडक लिपुलेख पुगिसके पछि चीनको लाइन अफ कन्ट्रोल बिन्दु सम्म पुग्न भारतीय सेनालाई सहज भएको र लिपुलेख भन्ज्याङ त्रीदेशीय बिन्दु भएको भन्नु सरासर गलत भएको श्रेष्ठले बताए । आफ्नो सम्पूर्ण भूभाग माथि भारतले हेर्दा हेर्दै हत्याउनुले नेपाल सरकारले टुलुटुलु हेरेर बस्न नहुने बताए ।

नेपालको लालपूर्जा भएरको जमिन कसरी त्रीदेशीय विन्दु हुन्छ ? श्रेष्ठले प्रश्न गर्दै लिम्पियाधुरा नै त्रीदेशीय बिन्दु भएको बताए । नेपाललाई सुँइको सम्म नदिएर नेपालको स्वाधिन्तामाथि आघात पु¥याएको, सन् २०१५ देखि ५२० करोड रुपया छुट्याएर भारतले उत्त सडक बनाएको, यतिका वर्ष सम्म नेपाल सरकारले थाह नपाउनु र नेपाललाई कुनै जानकारी नै नदिएर उल्टै नेपाली जमिन हडप्नु दुखद भएको बताए ।

लिम्पियाधुराबाट निस्कीएको नदिलाई सुगौली संन्धीमा स्पष्ट काली नदि हो भनेर किटान गरिएको छ । त्यो नदि यताको ३७२ वर्गकिलोमिटर भुभागलाई भारतले अकुपाई गरेर राखेको छ । जुन नेपालीको लालपुर्जा सहितको जमिन हो । काली नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो, यतिका वर्ष सम्म नेपाल सरकारले किन ध्यान दिएन ?

विश्व कोरोना भाइरसको महामारीमा परिरहेको बेला भारतको यस्तो हर्कतले नेपाली जनतालाई पीरोली रहेको छ । परराष्ट्रमन्त्रालयले विज्ञप्ती निकालेर केहि हुनेवाला छैन । सरकारले कुटनैतिक रुपमा बाध्य भएर कुरा गर्नु पर्छ र उसले अकुपाई गरेर राखेको त्यो सम्पूर्ण भूभाग फिर्ता गर्नु पर्छ ।

नेपाल सरकार सुतेर बस्नु पर्ने बेला नभएको भन्दै श्रेष्ठले उत्त भूभागको सबै प्रमाण नेपालसंग हुदा हुदै पनि सरकारले खुट्टा कमाउन नहुने बताए ।

 


Thali Mobile Pvt.Ltd.