२९ साउन २०७७ कतार । यूएईको शारजाहमा दुई नेपालीको हत्या भएको छ । झगडा भएपछि उनीहरुको हत्या भएको हुन् सक्ने यूएई प्रहरीले बताएको छ ।
धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको यूएई प्रहरीको भनाई छ । मृतकहरुको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम छन् ।
हत्या गरिएका नेपाली को हुन् भन्ने बारे प्रहरीले अहिलेसम्म खुलाएको छैन । अगस्ट ८ तारिखमा घटना भएको प्रहरी जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ ।
