भर्खरै : Sorry, your browser does not support inline SVG.

ओली–दाहाल वार्ता सकियो, तर किचलो सकिएन

ओली–दाहाल वार्ता सकियो, तर किचलो सकिएन

२९ साउन २०७७ काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच नौ दिनपछि बल्लतल्ल वार्ता सम्पन्न भयो तर किचलो जहाँको त्यही छ ।

दुई अध्यक्षबीच झण्डै चार घण्टा भएको वार्ता सकारात्मक भएको तर ठोस सहमति नजुटेको दुवै अध्यक्षका प्रेस संयोजकले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पौने ११ बजे सुरू भएको वार्ता पौने ३ बजे सकिएको थियो ।

वार्तामा महाधिवशेन आयोजक कमिटी गठन गर्ने र अहिलेको केन्द्रीय कमिटी भङ्ग गर्ने लगायका विषयमा छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.