भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओली–दाहाल वार्ता सकियो, तर किचलो सकिएन

ओली–दाहाल वार्ता सकियो, तर किचलो सकिएन

२९ साउन २०७७ काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच नौ दिनपछि बल्लतल्ल वार्ता सम्पन्न भयो तर किचलो जहाँको त्यही छ ।

दुई अध्यक्षबीच झण्डै चार घण्टा भएको वार्ता सकारात्मक भएको तर ठोस सहमति नजुटेको दुवै अध्यक्षका प्रेस संयोजकले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पौने ११ बजे सुरू भएको वार्ता पौने ३ बजे सकिएको थियो ।

वार्तामा महाधिवशेन आयोजक कमिटी गठन गर्ने र अहिलेको केन्द्रीय कमिटी भङ्ग गर्ने लगायका विषयमा छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.