भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

कानून व्यवसायीकाे धर्ना छलेर सर्वोच्च पुगे प्रधानन्यायाधीश

कानून व्यवसायीकाे धर्ना छलेर सर्वोच्च पुगे प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानून व्यवसायीहरुको धर्नालाई छलेर सर्वोच्च अदालत प्रेवश गरेका छन् । जबराले विहान ११ बज्नै लाग्दा सर्वोच्च अदालतको १ नं गेट प्रयोग गरेर प्रवेश गरेका हुन् ।

नेपाल बार एशोसिएसनको अगुवाईमा विगत तीन सातादेखि कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै गरिरहेका छन् । जबरालाई अदालत प्रबेग गर्नबाट रोक्न शुक्रबार विहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना कानून व्यवसायीहरुले धर्ना दिइरहेका थिए । ११ बज्न लाग्दासम्म अदालत प्रवेश गर्न नसकेका प्रधानन्यायाधीश जबराले अरु बेला बन्द रहने महान्यायाधिवक्ता कार्यालय छेउको गेट खोल्न लगाएर कानुन व्यवसायीको धर्नालाई छल्दै अदालत प्रवेश गरेका थिए । सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए ।

जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसनले अदालत प्रवेश गर्न नदिने भन्दै धर्ना दिएपछि प्रहरीले मुख्य गेट बन्द गरेर कानुन व्यवसायीमाथि हस्तक्षेप गरेको थियो ।
न्यायालयमा उत्पन्न समस्याले नागरिकहरुको न्याय पाउने अधिकार हनन् भई सेवाग्राही मर्कामा पर्न थालेपछि राजनीति दल र सरकारले अदालतको समस्याबारे चासो दिन थालेको छ । शुक्रबार प्रधानमन्त्री र कानुनमन्त्रीबीच छलफल जारी छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.