भर्खरै : Sorry, your browser does not support inline SVG.
झापा राजस्व कार्यालयले उठायो चार अर्ब ९३ करोड बढी राजस्व | ग्यासमा कालोबजारीको आशंका, सादा पोशाकका प्रहरी परिचालन | सात महिनामा सक्नुपर्ने दुई किमी सडक दुई वर्षमा पनि बनेन, ठेकेदारको ढिलासुस्ती | देशभर मनसुनी वायुको प्रभाव कायमै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | होर्मुज जलडमरूमध्य खोल्न इरान–ओमान सहमति नजिक, तेहरानले राख्यो अमेरिकासामु कडा शर्त | पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी |

कालिकोट पलाताका मजदुर र विद्यार्थीलाई काठमाडौमा राहत वितरण

कालिकोट पलाताका मजदुर र विद्यार्थीलाई काठमाडौमा राहत वितरण

१६ बैशाख २०७७ काठमाडौं । लकडाउनका कारण काठमाडौमा रहेका कालिकोट पलाता गाउँपालिकाका मजदुर र विद्यार्थीलाई खाद्यान्न राहत वितरण गरिएको छ ।

राप्रपाका युवा नेता निराजन बमको पहलमा खाद्यान्न वितरण भएको हो । कालिकोट पलाताबाट रोजगारीका लागि आएका मजदुर र पढ्न आएका विद्यार्थी गरि झन्डै २५ परिवारलाई खाद्यान्न राहत सहयोग गरिएको बमले बताए ।

कालिकोट र पलाताको बिकास निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएका बमको सहयोगमा प्रति परिवार १५ केजी चामल, १ पाकेट नुन, १ केजी दाल र १ पाकेट तेल उपलब्ध गराएका छन् ।

सो सहयोगमा राप्रपाका एन्जियो बिभाग प्रमुख कुन्ती पोखरेलको विशेष साथ रहेको र राहत वितरणमा सहयोग गर्ने तारा मन्डल महिला शसक्तीकरण रहेको बमले बताए ।

 


Thali Mobile Pvt.Ltd.