काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी रहेकाे छ । अहिलेसम्मकाे मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले ७८९ मतसहित अग्रता कायम राखेका छन् ।
त्यसैगरी नेकपा एमालेका सुरेन्द्र मानन्धर ६६६ मतसहित प्राप्त गरेका छन् । नेकपामाओवादी केन्द्रका शिवशरण महर्जनले ४६५ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ४१८ र अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले २३६ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुब महर्जनले ११९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले ५८ मत पाएका छन् ।

