Israel Palestinians Gaza Dilemmas
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा नागरिक सुरक्षा अधिकारी र पत्रकारसहित कम्तीमा ५४ जनाको मृत्यु भएको छ। दक्षिणी गाजामा, इजरायली ड्रोनले किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाइ आक्रमण गरेकाे थियाे । उक्तक्षेत्रबाट मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा उपचारमा राखेकाे छ।
त्यस्तै नागरिक रक्षाले एक विज्ञप्तिमार्फत उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख गरेको छ। ठूलो सङ्ख्यामा पीडितहरू अझै पनि भग्नावशेषमा फसेकाे र नागरिक रक्षा र चिकित्सा कर्मचारीहरूको अभावका कारण उनीहरूलाई बाहिर निकाल्न गाह्रो भएकाे जनाएकाे छ ।
सिभिल डिफेन्सले पनि जबलिया शिविरमा रहेको आवासीय घरहरूलाई निशाना बनाएर इजरायली हवाई आक्रमणमा आफ्ना एक अधिकारीको मृत्यु भएको बताएको छ। यता हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयले विज्ञप्तिमार्फत हमासद्वारा सञ्चालित अल-अक्सा टीभीका लागि काम गर्ने पत्रकारको गाजाको ब्याप्टिस्ट अस्पतालको पार्किङमा गोली लागेर मृत्यु भएको जानकारी दिएको छ। इजरायली सेनाले आक्रमणको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमाना मार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ।

