भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

कोभिड–१९ : सुनसान काठमाडौँ लकडाउनकाे पहिलाे दिन (भिडियाे सहित)

कोभिड–१९ : सुनसान काठमाडौँ लकडाउनकाे पहिलाे दिन (भिडियाे सहित)

काठमाडौं । (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेपछि काठमाडौँ सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्मका लागि ‘लकडाउन’ गर्ने घोषणा गरेसंगै सुनसान बनेको हो ।

नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर लकडाउन गर्ने निर्णय गरेको हो । ‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ ।

तर फाट्ट फुट्ट मानिसहरु निस्किएकालाई प्रहरीले रोकेर सचेतना बाँडिरहेको छ । लकडाउनको अवज्ञा गरेमा कडाकार्वाही पनि गरिने प्रहरीले जनाएको छ ।
उपत्यका आसपासका क्षेत्रमा भने कतै मास्क वितरण गरिएको भेटिएको छ त कै खुलेआम घुमिरहेको पनि देखिएको छ । सरकारले निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस….

 


Thali Mobile Pvt.Ltd.