भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कोरोना अस्पताल भरतपुरका सामान कर्मचारीले चोरेपछि चितवन पुग्यो अख्तियार

कोरोना अस्पताल भरतपुरका सामान कर्मचारीले चोरेपछि चितवन पुग्यो अख्तियार

१६ बैशाख २०७७ चितवन । कोरोना अस्पताल भरतपुर चितवनका सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेपछि अख्तियार दुरुपयोग अुनसन्धान आयोगले छापा मारेको छ ।

कर्मचारीले सामाग्री चोरी गरिरहेको सिसिटिभी फुटेज बाहिरिएपछि वाध्य भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना विशेष अस्पतालमा छापा मारेको हो । अख्तियारको टोली हेटौंडाबाट त्यहाँ पुगेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

सो अस्पतालमा व्यापक आर्थिक अनियमितता भएको आशंका गरिएको छ । अस्पताल संचालनका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ प्रदान गरेको थियो। अस्पतालका कर्मचारीले रातको समयमा सामानहरु चोरी गरेको भिडियो प्रमाण सार्वजनिक भएको छ ।

कार्यदलको स्टोर र कोरोना विशेष अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ विज्ञप्ति निकालेर कार्यदलले गरेको छ । कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले संचालन गर्ने सहमतिपछि सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकाले एकै ठाउँका सामानलाई व्यवस्थित गरिएको जिकिर कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तीमा गरिएको छ ।

अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्‍जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा स्टोरबाट सामान पोको पारेर लगेको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

पङ्खा, मास्क, स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानीलगायतका सामान उनीहरुले पोको पारेर लगेका थिए । समान लगेपछि स्टोर कोठाको बत्ती निभाएको भिडियोमा देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.