भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कोरोना भाइरस युद्धमा विश्वभर ३१ लाखबढी सङ्क्रमित, २ लाख १७ हजारको ज्यान गयो

कोरोना भाइरस युद्धमा विश्वभर ३१ लाखबढी सङ्क्रमित, २ लाख १७ हजारको ज्यान गयो

१७ बैशाख २०७७ काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमणमा अहिले सम्म ३१ लाख बढि मानिस छन् । दुई सय १० देशमा फैलिएको भाइरसले १९ लाख ६४ हजारभन्दा बढीको उपचार भएर घर फर्किएका छन् भने २ लाख १७ हजारभन्दा बढीको ज्यान गएको छ ।

५७ हजार तीन सय सात जनाको अवस्था जटिल रहेको छ । अहिलेसम्म ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा बढी अमेरिकामा छ । अमेरिकामा गएको २४ घण्टामा झण्डै दोब्बरले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेको संख्या त्यहाँ ५९ हजार नाघेको छ । इटलीमा २७ हजारबढिको ज्यान गएको छ । स्पेन र फ्रान्समा अहिलेसम्म साढे २३ हजारभन्दा बढीको ज्यान गएको छ । स्पेनमा दुई लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा फ्रान्समा एक लाख ६५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

साढे २१ हजारभन्दा बढीको ज्यान गएको बेलायतमा गएको २४ घण्टामा थप पाँच सय ८६ जनाले ज्यान गुमाएका छन् । बेलायतमा एक लाख ६१ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । कोरोनाको उद्गम देश चीनमा ८२ हजार आठ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा चार हजार ६ सय ३३ जनाको ज्यान गएको थियो । जर्मनीमा सङ्क्रमितको सङ्ख्या एक लाख ५९ हजार नाघेको छ ।

यसैगरी भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएकोमा एक हजार आठ जनाको ज्यान गएको छ । नेपालमा भने संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना निको भएका छन् । ३८ जनाको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भैरहेको छ ।sankhya

 


Thali Mobile Pvt.Ltd.