भर्खरै : Sorry, your browser does not support inline SVG.

खाना पकाउने ग्यासको सिलिण्डर आधा मात्र हुने

खाना पकाउने ग्यासको सिलिण्डर आधा मात्र हुने

काठमाडाैं । अब खाना पकाउने ग्यासको सिलिण्डर आधा मात्र भरेको पाइने भएको छ । आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगलाई निर्देशन दिएको छ ।

निगमले दिएको निर्देशन अनुसार अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुने जनार्ईएको छ । मागअनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको आयल निगमले बताएको छ ।

आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताए । कोरोना भाइरसको सन्त्रासका कारण ग्यासको माग उच्च र आपूर्ति निकै कमजोरका साथै कालोबजारी मौलएकाले यसो गरिएको उनको भनाई छ ।

सरकारले लकडाउन गरेपछि सबैलाई ग्यास उपलब्ध गराउन आधा सिलिण्डर मात्र भरेर बेच्न लागिएको भन्दै सरकारबाट थप निर्देशन कुरिरहको उनको भनाई छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.