भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने | धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध | कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता | इरानको दाबी : आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा | जाजरकोटको भेरी पहिरोमा आमा-छोरा मृत फेला |

चक्रपथमा मोनोरेल सञ्चालन हुने

चक्रपथमा मोनोरेल सञ्चालन हुने

काठमाडौं । राजधानीकाे चक्रपथमा सञ्चालन हुने मोनोरेलको डीपीआर तयार भएको छ। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको बताएका छन् ।

चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) र महानगरबीच गत पुसमा डीपीआर निर्माणसम्बन्धी सम्झौता भएसंगै सीआरसीसी र महानगरबीच एक वर्षभित्र डीपीआर तयार गर्ने सहमति भएको थियो।‘चिनियाँ कम्पनीले मोनोरेलको डीपीआर बुझाएको र आइतबार त्यस्काे अध्ययन गरिने शाक्यले बताए ।

चक्रपथमा रेल सञ्चालन गर्न एक खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान महानगरकाे छ। सम्भाव्यता अध्ययनले देखाएको सम्भावनालाई मुर्तरुप दिन डीपीआर तयार भएकाे भन्दै शाक्यले मोनोरेल चक्रपथमा तीन चरणमा निर्माण गरिनेछ बताए । कोटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-कोटेश्वर खण्डमा हुने र एक सय किलोमिटर प्रतिघण्टा गुड्ने रेलले एक पटकमा एक हजारभन्दा धेरै यात्रुलाई सेवा दिने अनुमान गरिएको छ।

मोनोरेल निर्माण हुने उपत्यकाको साढे २७ किमि दूरीभित्रको माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने, रेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यस्थापनको अनुमान, योजना सञ्चालनका चरणसहितको विश्लेषण पनि गरिसकिएको उनकाे भनाइ छ ।

अध्ययन रिपोर्टको आधारमा काठमाडौं महानगरपालिकाले मोनोरेल निर्माणको प्रक्रिया अघि बढाएकाे र चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसनकै आर्थिक तथा प्राविधिक सहयोगमा डीपीआर तयार भएको महानगरले जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.