भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

जापानमा रहेका नेपाली युवाकाे उदाहरणीय कार्य : वीरेन्द्र शाहीले पठाए विकट गाउँमा राहत

जापानमा रहेका नेपाली युवाकाे उदाहरणीय कार्य :  वीरेन्द्र शाहीले पठाए विकट गाउँमा राहत

२१ बैशाख २०७७ काठमाडाैं । काेराेना भाइरसकाे महामारीले विश्वभरीका मानिस प्रताडित बनेका छन् । कलकारखाना बन्द हुदा कामगरी खाने मानिस झन मर्कामा परेका छन् । सरकारले राहत प्याकेज दिएपनि दुरदराजका ठाँउमा अझै पुग्न सकेकाे छैन् ।

यस्तै अवस्थामा जापानलाइ कर्मभूमि बनाएका नेपाली युवाहरूले नेपालमा राहत दिइरहेका छन् । ती मध्यका एक हुन दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं ८ निवासी वीरेन्द्र शाही । उनले आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई राहत प्रदान गरेका छन् ।


पाँच वर्षदेखि जापानको टोकियोमा राेजगारी गरिरहेका शाहीले एक लाख ३० हजार बरारको राहत आठबीस नगरपालिकामा पठाएका हुन् । उनले वडा नं ८ का अवस्था कम्जाेर रहेका स्थानीयलाई राहत वितरण गरेका हुन् ।

ढुंगा पुजेर पुण्य कमाउनु भन्दा खान नपाएका मानिसकाे सेवा गर्नु मानवता हुने भएकाले वास्तविक दुःखी गरिवको सेवा गरेर जानु पर्छ भन्ने उदेश्यले  मानव सेवा गरेकाे शाहीकाे भनाइ छ । आफुले दिनरात मेहनत गरेर कमाएको केही रकमबाट समाज सेवा गरेको विरेन्द्र शाहीले कैलाश खवरलाई बताए ।

उनले काेराेनाबाट बच्न घरभित्रै बस्न आग्रह गरेका छन् । आफु जापानमा भए पनि आफ्नो मन नेपालकै वनपाखामा दाैडिरहेकाे स्मरण गरेका छन् । शाहीले पठाएको राहत वडा नं ८ का अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले गाउँमा वितरण गरिदिएका छन् ।

समस्यामा परेकालाइ आफ्नै सम्झेर राहत पठाएकोमा शाहीलाइ स्थानीयले धन्यवाद दिएका छन् ।६५ घर धुरीमा एक एक बोरा चामल, नुन, तेल लगायतका सामग्री वितरण गरिएको स्थानीयले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.