भर्खरै : Sorry, your browser does not support inline SVG.

डब्ल्युएचओले बोलायो आकस्मिक बैठक

डब्ल्युएचओले बोलायो आकस्मिक बैठक

१८ बैशाख २०७७ एजेन्सी । विश्व स्वास्थ्य संगठनले आकस्मिक बैठक बोलाएको छ । बिहीबार बस्ने बैठकमा विश्वमा कोविड १९ का कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा छलफल गरिने संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले जानकारी दिएका छन् ।

तीन महिना अघिमात्रै आकस्मिक बैठक बसेर कोरोना भाइरसको प्रकोपलाई महामारीका रुपमा लिएको डब्ल्यु एचओले बिहीबार बस्ने बैठकमा भाइरसबाट उत्पन्न परिस्थितीका बारेमा ‘भर्चुअल ब्रिफिङ’ हुने जनाइएको छ ।

कोविड १९ को केही औषधिका बारेमा पनि कुराकानी हुने बताइएको छ । गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेसंगै विश्वमा महामारी संकट रोकथामका मापदण्डहरु अपनाइएका थिए ।

हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.