भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

तीन वर्षदेखि सहकर्मीलाई करणी गर्ने चिकित्सक पक्राउ

तीन वर्षदेखि सहकर्मीलाई करणी गर्ने चिकित्सक पक्राउ

रौतहट । महिला सहकर्मीलाई जबरदस्ती करणी गरेको भन्दै रौतहटका एकजना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर मौलापुर नगरपालिका गरुडा ४ का ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरदस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाको जाहेरीका आधारमा जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । बिवाहगर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडित महिलाले बताएकी छन् ।

उनले पछिलो दुईबर्षदेखी आरोपी पटेलको क्लिनीकमा काम गर्दै आएको बताएकी छन् । तीन महिनाको गर्भवती रहेको उनले बताएकी छन् । आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा राखेर थपअनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.