भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तीन वर्षदेखि सहकर्मीलाई करणी गर्ने चिकित्सक पक्राउ

तीन वर्षदेखि सहकर्मीलाई करणी गर्ने चिकित्सक पक्राउ

रौतहट । महिला सहकर्मीलाई जबरदस्ती करणी गरेको भन्दै रौतहटका एकजना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर मौलापुर नगरपालिका गरुडा ४ का ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरदस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाको जाहेरीका आधारमा जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । बिवाहगर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडित महिलाले बताएकी छन् ।

उनले पछिलो दुईबर्षदेखी आरोपी पटेलको क्लिनीकमा काम गर्दै आएको बताएकी छन् । तीन महिनाको गर्भवती रहेको उनले बताएकी छन् । आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा राखेर थपअनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.