भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपालमा अब कुनै तानाशाहको जन्म हुदैन : प्रधानमन्त्री

नेपालमा अब कुनै तानाशाहको जन्म हुदैन : प्रधानमन्त्री

६ जेष्ठ २०७७, काठमाडाैं । साँसदले दिएको सुझावको जवाफ दिदै प्रधानमन्त्रीले जनतालाई मुर्ख नठान्न आग्रह गरे । नेपाल एक स्वाधिन राष्ट्र भएकोले नेपाली जनताले स्वाधिनताको रक्षा गर्न चुक्न नहुने बताए ।

सबै राष्ट्रको हैसियत बरावर हुने भएकाले नेपाल सानो राष्ट्र, अविकशित राष्ट्र भनेर हेप्न नपाईने भन्दै नेपालको सम्पूर्ण भूमि फिर्ता लिएरै छाड्ने बताए । हाम्रो भूमि लिनका लागि कोहि रिसाय रिसाओस भन्दै आफ्नो नयाँ नक्सामा नेपालको सबै भूमि समेटिने बताए ।

त्यसैले आफ्नो राष्ट्रको नीति निर्माण बलियो बनाउन लाग्ने बताए । नेपाली जनताले बनाएको सरकार भएकाले जनताको मतको कदर गर्ने भन्दै प्रधानमन्त्री ओलीले कसैको आर्शिवादमा सरकार नबनेको संकेत गरे ।

प्रधानमन्त्री ओलीले संसदमा आक्रोष व्यक्त गर्दै जनादेशको कदर गर्ने बताए । एउटै जुत्ता सबै खुट्टामा नमिल्ने भन्दै १९४० को जुत्ता अहिले आएर नेपालमा लागु गर्न खोज्नु मुर्खता हुने व्यङ्गय गरे ।

नेपालमा कुनै तानाशाहाको जन्म नहुने भन्दै नेपालको माटो सुहाउदो नेपाली जनताको नेतृत्व जन्मिने बताए । एमसीसी अघिल्लो सरकारले वार्ता र सम्झौता गरेको थियो भन्दै यो सरकारले सम्झौता नगरेको बताए ।

सम्झौताको परिपालना र विश्वसनीयता हेरेर समयसापेक्ष र राष्ट्रिय हितलाई हेरेर लागु गर्ने नगर्ने भन्ने विषय छलफल र बहस गरेर गर्न सकिने भन्दै पास गर्ने नगर्ने सदनको कुरा भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.