भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमणको नतिजा पोजेटिभ आएको पुष्टि गरे । चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी उनीसंगै तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरी उनकै आफन्त हुन् ।

दुबै बेल्जियमबाटसँगै नेपाल आएका हुन् । काठमाडौंबाट यती एयरलाइन्सको विमानबाट पोखरा पुगेका उनीहरु एकदिन आफन्तकहाँ बसेर जिपमा बाग्लुङ पुगेका थिए । सँगै आएकी किशोरीमा संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेकी उनमा दमको समस्या रहेको बागलुङ अस्पताल स्रोतले बतायो ।

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । ती संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए ।

 


Thali Mobile Pvt.Ltd.