भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । प्रदेश नं. १ प्रदेशसभाले प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९÷८० बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् ।

आइतबारको बैठकमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नीति तथा कार्यक्रमका बारेमा प्रदेश सासंदहरुले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए । मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि समग्र प्रदेशको विकासका लागि एकतावद्ध भएर अघि बढ्न सम्पूर्णमा आग्रहसमेत गरे । मूख्यमन्त्री राईले प्रस्तुत नीति तथा कार्यक्रम अनुरूप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए ।

नीति तथा कार्यक्रम बहुमतले पारित भएसंगै आगामी असार १ गते प्रदेशसभा बैठकमा बजेट पेस हुँदैछ । सभामुख भण्डारीले उक्त दिन सांसदहरूलाई २ बजे नै उपस्थित हुन अनुरोध गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.