भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारत कोरोना महामारी कावुभन्दा बाहिर पुग्यो

७ जेठ २०७७, काठमाडौं । भारतमा कोरोना महामारी कावुभन्दा बाहिर जान थालेको समाचार बाहिरिएका छन् । महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतमा अहिलेसम्म एक लाख ६ हजार ७५० जना संक्रमित भेटिएका छन् । संक्रमित संख्याका हिसाबले भारत विश्वको ११औं स्थानमा छ । त्यहाँ तीन हजार ३०३ जनाको ज्यान गइसकेको छ ।

लकडाउनका कारण भारतमा करोडौं मजदुरहरु भोकै रहेको र सडकमा दैनिक हजारौं मानिसको विचल्ली भएका दृष्यहरुदेखिइन थालेका छन् । कोरोना संक्रमण जोखिमकै बीच भारत सरकारले ठूला शहरबाट उनीहरुलाई बस ट्रक र ट्याक्टरमार्फत घर पठाउने निर्णय गरेको छ ।

भारतमा कोरोना भाइरस संक्रमण निकै तिब्रगतिमा बढिरहेको बीबीसीले जनाएको छ । मार्च महिनादेखि नै लकडाउन गरिएको भारतमा मजदुरहरुलाई पैदल जानबाट रोक्न त्यहाँको गृह मन्त्रालयले रेल चलाउने निर्णय गरेको छ।

 


Thali Mobile Pvt.Ltd.