भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भारतको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

भारतको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

भारत । भारतको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा गङ्गा नदीमा १७ जना श्रद्धालु बोकेको डुङ्गा पल्टिएको हो । दुर्घटनामा ११ जनाको सकुशल उद्धार भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा हिजो दुर्घटना भएको थियो । बारहका एसडिएम शुभम कुमारले सकुशल उद्धार गरिएको ११ जनाको स्वास्थ्य ठिक रहेको र बेपत्ता ६ जनाको खोजी भइरहेको बताउनुभएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.