भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

टी–२० विश्वकपमा नेपाल बङ्गगलादेशसँग पराजित

टी–२० विश्वकपमा नेपाल बङ्गगलादेशसँग पराजित

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल बङ्ग्लादेशसँग २१ रनले पराजित भएको छ । नेपाल १९ ओभर २ बल ८५ रनमा अलआउट भयो । नेपालले प्रतियोगितामा ऐतिहासिक जितका साथ सुखद अन्त्य गर्न असफल भयो । आज नेपालका लागि १० वर्षअघि सन् २०१४ मा बङ्ग्लादेशसँग हारेको बदला लिने मौका थियो तर त्यो पनि गुमायो । नेपालले टी–२० क्रिकेटमा अहिलेसम्म टेस्ट टोलीलाई हराउन सकेको छैन ।

आजको खेलमा नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए । त्यस्तै दिपेन्द्रसिँह ऐरीले २५ र आशिफ शेखले १७ रन बनाए । कप्तान रोहित पौडेल एक रनमा आउट भए । नेपाललाई जितका लागि बङ्ग्लादेशले एक सय ७ रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजको किङ्ग्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेश १९ ओभर ३ बलमा एक सय ६ रन बनाउँदा अलआउट भयो । उसका शाकिब अल हसनले सर्वाधिक १७ रन बनाए । त्यस्तै मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३ रन जोडे ।

जाकेर अलीले १२ रन जोडे । तक्सिन अहमेद १२ रनमा अविजित रहे । लिटन दासले १० रन बनाए । बङ्ग्लादेशका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । आजको खेलमा सन्दीप लामिछानेले चार ओभरमा दुई विकेट लिदैं टी–२० मा एक सयौँ विकेट पूरा गरेका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् । सय विकेट पुरा गर्ने लामिछाने नेपालका पहिलो खेलाडी बनेका छन् ।

त्यस्तै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान दुई विकेट लिए । सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । नेपाल यसअघि दक्षिण अफ्रिकासँग एक रनले हारेर समूह चरणबाट नै बाहिरीएको थियो । आजको खेल जितेको बङ्ग्लादेश समूह ‘डी’ बाट सुपर आठमा पुगेको छ । यसअघि यो समूहबाट दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

सन् २०१४ मा बङ्ग्लादेशमा भएको विश्व कपमा नेपाल पहिलो पटक सहभागी भएको थियो । त्यसबेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बङ्ग्लादेशसँग पराजित भएको थियो । टी–२० विश्वकपमा बङ्ग्लादेशसँगै भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगे । दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.