भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मजदुर तथा विपन्नलाई किड्स सांग्रिला होमको राहत वितरण

मजदुर तथा विपन्नलाई किड्स सांग्रिला होमको राहत वितरण

१३ बैशाख २०७७ काठमाडौँ । गोकर्नेश्वोर नगरपालिकाका १ देखि ९ वटै वडामा रहेका मजदुर तथा बिपन्न परिवारका लागि किड्स सांग्रिला होमले खाधान्न वितरण गरेको छ ।

लकडाउनका बेला मजदुर तथा विपन्न परिवारमा खानाको समस्या उत्पन्न भएपछि गोकर्नेश्वोर नगरपालिका वडा नं ४ मा अबस्थित किड्स सांग्रिला होमले उत्त खाधान्न वितरण गरेको हो । भोको पेटलाई केहि हद सम्म भएपनि राहत पुगोस भन्ने उदेश्यले वडा वडामा पुगेर राहत वितरण गरेको कोषाध्यक्ष अरुण कुमार कार्की र कार्यक्रम संयोजक दिनेश भण्डारी लगायतको टिमले बताएको छ ।

Rahat1अध्यक्ष वद्री अधिकारी लगायतको टिमले उत्पन्न समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहयोगका लागि गोकर्णेश्वर नगरपालिका र नगरका वडा अध्यक्षहरुले किड्स सांग्रिला होम परिवारलाई धन्यबाद दिएका छन् ।

राहत वितरणमा किड्स होमले प्रत्यक वडामा चामाल ५० बोरा, दाल ५ बोरा, तेल ७० लिटर, आलु २ बोरा, प्याज १ बोरा, बेसार ३ किलो, धुलो खुर्शानी ३ किलो, जिरा ३ किलो, मसला ३० प्याकेट, ग्यास १० सिलिन्डर, नुन १ बोरा, मस्यौरा २ बोराका दरले वितरण गरेको कोषाध्यक्ष अरुण कार्की बताए ।Rahat3

 


Thali Mobile Pvt.Ltd.