भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

स्वास्थ्य माथि नै खेलवाड, स्वास्थ्य सामाग्री नहुँदा स्वास्थ्य चौकीमा समस्या

स्वास्थ्य माथि नै खेलवाड, स्वास्थ्य सामाग्री नहुँदा स्वास्थ्य चौकीमा समस्या

१३ बैशाख २०७७, भोजपुर । हतुवागढी गाउँपालिकाका एक युवकलाई कोरोनाभाइरस संक्रमित पुुष्टि भएको ४० घण्टा बितिसक्दा पनि उपचारका लागि अस्पताल नपठाएर उनको स्वास्थ्यमाथि नै खेलबाड भएको छ ।

शुक्रबार उनलाई कोरोना अस्पताल विराटनगर पठाउने तयारी गरिएपनि कोरोना संक्रमित पुरुषका परिवार र उनको सम्पर्कमा रहेकाहरुको स्वाव लिने काम निकै ढीलो गरि चलेको थियो । सरोकारवाला निकासंगको समन्वयमा ढिलाहुदा लिन नसकिएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईको भनाई छ ।

गत ३० फागुनमा साउदीबाट काठमाडौं हुँदै चैत्र ११ गते भोजपुरको होम्ताङस्थित घर पुगेका उनको ९ वैशाखमा आरडीटी रिपोर्टमा पोजिटिभ देखिएको थियो । उनको धरानमा भएको पीसीआर परीक्षणमा पनि पोजेटिभ नै देखिएको थियो ।

कच्ची बाटो र हिडेर जानुपर्ने भएकाले स्वाव लिन ढिलाई भएको र स्वास्थ्य चौकी पग्न कठिन भएको स्वास्थ्य चौकीको भनाइ छ । ढिलै भएपनि उनका परिवार र आफन्तका ८ जना र भलिवल खेलेका र सँगै खाएकाहरु ६ गरी १४ जनाको स्वाव लिइएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

स्वास्थ्य सामाग्री नहुँदा समस्या भएको स्वास्थ्य चौकी इन्चार्जले बताएका छन् । व्यक्तिगत सुरक्षाको लागि आवश्यक सामग्री गाउँपालिकामा नभएपछि समस्या भएको हो । मास्क, पिपिई लगायतका सामगी २ देखि ३ दिनसम्म धुदै लगाउनुपर्ने बाध्यता रहेको प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव एसिस्टेन्ट उमेश राईको भनाई छ ।

गाउँपालिकामा थर्मल गन, मास्क समेत पर्याप्त छैन । जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश सरकारले समेत स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षाका समाग्री उपलब्ध गराउन नसकेको उनको जिकिर छ ।

 


Thali Mobile Pvt.Ltd.