भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

रुकुम हत्याकाण्ड : बेपत्ता ६ जनाकै शव भेटियो

रुकुम हत्याकाण्ड : बेपत्ता ६ जनाकै शव भेटियो

१७ जेठ २०७७, रुकुम । रुकुम पश्चिमको चौरजहारीमा भएको हत्याकाण्डमा बेपत्ता भएका ६ जना सबैको शव फेला परेको छ । यसअघि ५ जनाको शव फेला परेको थियो ।

शनिबार एक जनाको शव फेला परेसँगै बेपत्ता सबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए । बेपत्ता पारिएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको शव सुर्खेतको मेलकुनामा फेला परेको हाे ।

अब शव परीक्षण गरेर आफन्तलाई बुझाइने डिएसपी केसीले बताए । यसअघि जाजरकोटका भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, सोही ठाउँका गणेश बुढा, लोकेन्द्र शाही र चौरजहारीका टिकाराम सुनारको शव नदीमा बाँधेर फालेकाे अवस्थामा फेला परेको थियो ।

गोविन्दबाहेक अरु सबैको शव पोष्टमार्ट पछि आफन्तलाई बुझाइएको छ । जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक प्रेम विवाहका लागि केटी लिन रूकुम पुगेका बेला साेतीमा लखेटी लखेटी कुटपीट गरेकाे उक्त घटनामा ६ जना बेपत्ता भएका थिए ।

याे घटनाकाे सत्य, तथ्य छानविन गरी अपराधीलाइ कडा कारबाही गर्न देभरबाट अावाज उठिरहेकाे छ । संसदमा समेत विराेध भएपछि गृहमन्त्रालयले छानबिन समिटि गठनगरी अनुसन्धान गर्न टाेली घटनास्थल पठाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.