भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढी प्रभावितको घर सफाइमा जुट्यो कोरियाली स्वयंसेवी टोली | ‘कानुनभन्दा माथि कोही छैन, प्रमाणबिना चिकित्सक र मेडिकल कलेजलाई आरोप लगाउन पाइँदैन’ | पाठ्यपुस्तक छपाइ सुरु, २०८४ मा पनि पुरानै पाठ्यक्रम लागू हुने | ४८७ किलो गाँजा तस्करीका मुख्य आरोपीलाई सरकारी वकिलबाट उन्मुक्ति | बेलायतमा कोभिडको नयाँ भेरियन्ट फैलिँदा अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्यो | कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने | त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य, व्यवस्था नगरे केन्द्र परिवर्तन हुने | इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प |

रुकुम हत्याकाण्डका अपराधीलाई सरकारले कारबाही नगरे हामी गर्छौं : नेकपा

रुकुम हत्याकाण्डका अपराधीलाई सरकारले कारबाही नगरे हामी गर्छौं : नेकपा

१७ जेष्ठ २०७७, जाजरकाेट । कथित उच्च जातीय अहंकार र विभेद प्रदर्शन गरी रुकुममा भएको हत्याकाण्डप्रति खेद प्रकट गर्दै दोषीमाथि सरकारले कारबाही नगरे आफ्नो पार्टीले कडा कारबाही गर्ने नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जनाएको छ ।

जिल्ला सेक्रेटरी राजकुमार राईले विज्ञप्ति जारी गर्दै उक्त हत्याकाण्डमा संलग्न योजनाकारलगायत सबैलाई छानबिन गरी कानुनी कारबाही नगरेमा र पीडित ६ जनाका आफन्तलाई उचित न्याय नदिएमा घटनामा संलग्नलाई कारबाही गर्ने धारणा सार्वजनिक गरेका हुन् ।

‘२०७७ साल जेठ १० गते रुकुमपश्चिम चौरजहारी नपा वडा नं. ८ मा भएको निर्मम हत्याको घटनाप्रति हाम्रो पार्टी नेकपा जाजरकोटको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ । जाजरकोट जिल्ला भेनपा वडा नं. ४ बस्ने मोहन विकका छोरा नवराज विक र रुकुमपश्चिम चौरजहारी नपा वडा नं. ८ सोती बस्ने वीरबहादुर मल्लकी छोरी सुष्मा मल्लबीच लामो समयसम्म प्रेमसम्बन्ध रहँदै आएको, अन्ततः वैवाहिक जीवनमा बाँधिने समय आउँदै गर्दा केटी पक्षले र सम्बन्धित वडाका सत्ता प्रतिनिधिले समेत जातीय भेदभाव र छुवाछूत चिन्तनका कारण उक्त घटना सोही पक्षबाटै गराइएको पुष्टि हुन्छ ।’ विज्ञप्तीमा भनिएकाे छ ।

विज्ञप्तिमा राईले भनेका छन्, ‘नेपालमा राजतन्त्रात्मक सामन्ती व्यवस्थाको अन्त्य भई सङ्घीय गणतन्त्र नेपालको स्थापना भइसक्दा पनि जातीय भेदभाव र छुवाछूतको कुसंस्कारले जरा गाड्दै जानुले वर्तमान राज्यव्यवस्थाप्रति गम्भीर प्रश्नचिह्न खडा भएको छ ।’

विज्ञप्ति…

jajarkot NCP

 

 


Thali Mobile Pvt.Ltd.