भर्खरै : Sorry, your browser does not support inline SVG.
लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ | पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना | अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा | दुई सुरुङमार्ग अन्तिम चरणमा स् थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा | ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट, उपभोक्तालाई थप आर्थिक भार पर्ने चिन्ता | रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा | एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन |

विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औं जन्मजयन्ति

विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औं जन्मजयन्ति

२५ बैशाख २०७७ काठमाडौ । लुम्बिनी बुद्धको जन्मस्थल हो । बुद्ध दर्शनले विश्व शान्तिमा पुर्‍याएको योगदानको संसारभरी प्रशंसा छ । आज २५६४ औं बद्ध जयन्ती हो । यी अवसरमा नेपालका भिभिआइपीहरुले शुभकामना सन्देश जारी गरेका छन् ।

जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भमा कुँदिएको शिलालेख फेला पारे । ब्रम्ही लिपी र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि उक्त स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल रहेको तथ्य प्रमाणित भएको सर्वविदितै छ ।

अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरुका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलबस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित छ ।

नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपा अहिलेसम्म उत्खनन् नभएको मौलिक स्तुपामा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहेको छ । विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औं जन्मजयन्तिका अवसरमा सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय बैशाख दिवस (द डे आफ भेसाक) का रुपमा मनाउने घोषणा गरेको थियो।

यही दिनलाई लुम्बिनी दिवसका रुपमा पनि मनाउँदै आइएको छ । सिंगो विश्व कोरोना भाइरसको संक्रमण र महामारीबाट प्रभावित भएका कारण अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समेत प्रभावित भएको हो ।

 


Thali Mobile Pvt.Ltd.