दैलेख । श्रीमतीको हत्या गरेको कसुरमा जिल्ला अदालत दैलेखले एकजनालाई २० वर्ष कैद फैसला सुनाएको छ। सुर्खेत लेकवेंसी नगरपालिका–८ का नवलसिंह विरकट्टालाई २० वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिी तिर्नुपर्ने फैसला सुनाएको हो।
२३ वर्षीया रत्ना रावतको हत्या गरेका उनलाई न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले फैसला सुनाएको अदालतका सूचना अधिकारी विनोद आचार्यले बताए। चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ मा रहेको माइतीघर आएकी रत्नालाई गत जेठ ९ मा नवलसिंहले हत्या गरेको अनुसन्धानबाट खुलेको अदालतको फैसलामा उल्लेख गरिएको छ।
जेठ ११ गते रत्नाका दाइ पूर्णबहादुर रावतले नवलसिंहविरुद्ध किटानी जाहेरी दिएका थिए। तेही जाहेरीको आधारमा उनलाई भारतको सिमलाबाट भारतीय प्रहरीको सहयोगमा गत असार ३ मा नेपाल प्रहरीले पक्राउ गरेको थियो।

