साउन २०७७ काठमाडौं । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा सवार पुरुष र महिलाको यात्रा यो साता सामाजिक संजालमा निकै भाइरल भयो । मोटरसाइकलको पछाडि बसेकी महिलाले लगाएको अर्धनग्न बस्त्रले गर्दा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको हो । सो पोशाकलाई लिएर विभिन्न टीकाटिप्पणी पनि भइरहेका छन् ।
धेरैलाई कौतुहल पनि बनायो कसैले वास्तविक नभएर फोटोसप गरेर बनाएको भने । कसैले गलीको ओइरो नै लगाए । मोटरसाइकलमा सवार व्यक्ति नजिकका नातेदार, विशेष परिस्थितिमा हिँडेकोलगायतका परिचर्चा निकै भए । भारइरत उक्त तस्वीरको अन्तत कस्को हो र वास्तविक्त के हो भन्ने कुरा पत्ता लाग्यो । प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको सो मोटरसाइकल र सवारीहरू धादिङस्थित गल्छी गाउँपालिकाको भएको पत्ता लागेको हो ।
मोटरसाइकलमा सवार पुरुष र महिला गल्छी गाउँपालिकामा कार्यरत इञ्जिनियर र सव(इन्जिनियर रहेछन् । भर्खरै मात्र जागिर सुरु गरेका उनीहरु प्रशासनिक कामले काठमाडौं आउदाको दृश्य हो त्यो । उनीहरु सिट रोल ९संकेत नम्बर० भर्नका लागि गत बिहीबार काठमाडौं आएको खुलेको छ । निजामति किताबखानातर्फ जाने क्रममा उनीहरूको तस्वीर खिचिएको रहेछ । उक्त तस्वीर भाइरल गराउने मानिस पूर्वसचिव भीम उपाध्यायले गरेका रहेछन् ।
सरकारी मोटरसाइकलको दृश्य’ भन्दै तस्वीर पोष्ट गरेको केहीबेरमै संजाल भरी फैलिएको थियो । सरकारी मोटरसाइकलमा त्यस्तो लुगा लगाएर हिँडेको देख्दा अलि अनौठो लागेर पोष्ट गरेको उनको भनाइ छ । उलाइ पोष्ट गरेको केहि समय पछि सम्वन्धित व्यक्तिले फोन गरेर तस्वीर हटाउन आग्रह गरेपछि तस्वीर हटाएका रहेछन् । तस्वीर भाइरल भएपछि महिला कर्मचारी टेन्सनमा परेकी छन् ।
घुम्न जाने हिसाबले निस्केकाले पोशाकमा ध्यान नपुगेको महिलाको भनाइछ । गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले उनीहरु दुवै बैरनीबाट काठमाडौं सँगै आएको बताए । तर महिला कर्मचारीको पोशाक चाहिँ आफूलाई पनि चित्त नबुझेको उनको भनाइ छ । सरकारी कर्मचारीले सरकारी सवारी साधनमा यात्रा गर्दा यस्तो पोशाक लगाउन नहुने उनको भनाइछ ।

