भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारले कोरोनाबारे सचेतना फैलाउन मुलुकैभरी ६ हजार बढी स्वयंसेवक परिचालन गर्दै

सरकारले कोरोनाबारे सचेतना फैलाउन मुलुकैभरी ६ हजार बढी स्वयंसेवक परिचालन गर्दै

काठमाडौं । सरकारले कोरोना भाइरसका बारेमा जनचेतना फैलाउन देशभर स्वास्थ्यकर्मी सहितको स्वयंसेवक परिचालन गर्ने भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा देशभर कोरोना भाइरसका बारेमा जनचेतना फैलाउन स्वास्थ्यकर्मीसहितको स्वयंसेवक परिचालन समिति गठन गरेको हो ।

डा. गिरीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, सहसचिव डा. गुणराज लोहनी र शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा गरी चार सदस्य छन् ।

हरेक वडामा हरेक दिन कम्तिमा २ देखि ५ जनाको समूह बनाई घर घरमा गएर कोरोनाको बारेमा सचेतना कार्यक्रम शुक्रबारबाट सञ्चालन गर्ने तयारी भएको डा. गिरीले जानकारी दिएका छन् ।

मेडिकल क्षेत्रका विद्यार्थी, रेडक्रस, स्काउट र पत्रकार लगायतलाई स्वयंसेवक खटाउन लागिएको उनले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.