भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

हत्यारा पक्राउस् कृष्णबहादुरको बिभत्स हत्या गरी सुटकेशमा शरीर र झोलामा टाउको राखी भाग्नुको वास्तविक्ता यस्तो रहेछ ९भिडियो सहित०

हत्यारा पक्राउस् कृष्णबहादुरको बिभत्स हत्या गरी सुटकेशमा शरीर र झोलामा टाउको राखी भाग्नुको वास्तविक्ता यस्तो रहेछ ९भिडियो सहित०

२७ साउन २०७७ काठमाडौं । गोंगबुमा आइतबार बिभत्स हत्या गरेर सुटकेशमा शव फालेर भागेकी महिला चितवनबाट पक्राउ परेकी छन् । दाङका कृष्णबहादुर बोहोराको हत्या गरेकी कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै बोहोराको हत्यामा संलग्न पौडेललाई सार्वजनिक गरेको हो ।  साथै प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल लगाएत पनि बरामद गरि सार्वजनिक गरेको छ ।

हेर्नुहोस् भिडियो…

https://www.facebook.com/Kailashkhabarnews/videos/601518320790173/

शनिबार राति कल्पनाको कोठामा पुगेका बोहोरा र कल्पनालेसँगै बसेर मदिरा पिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । साथै मदिराको नसा चढ्दै गएपछि कल्पनाले दहिमा स्लिपिङ ट्याबलेट हालेर बोहोरालाई खुवाएको पाइएको छ । पौडेलले प्रहरी बयानमा बोहोरालाई स्लिपिङ ट्याबलेट खानदिएर सुतेपछि हथौडाले संवेदनशील अंगमा प्रहार गरी मारेको स्वीकारेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बोहोरा र कल्पनाबीच फेसबुकबाट चिनजान भएको र पछि बोहराले नक्कली फेसबुक बनाएर महिलाका निर्वस्त्र तस्बिर सार्वजनिक गर्न थालेपछि हत्या गरेको हुनसक्ने देखिएको बताए । हत्यापछि बोहोराको शव व्यवस्थापनमा कल्पनाकी छोरी पनि संलग्नता देखिएको उहाले जानकारी दिए ।

उहाले तालिम प्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान अघि बढाएको उल्लेख गरे । सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो । अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

 


Thali Mobile Pvt.Ltd.