काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ माघ देखि लागु हुने गरी निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई १ देखि ३ वर्षसम्म ७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सुचीमा रहेका कम्पनीले राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जानकारी दिएको छ ।
अनुगमन कार्यालयलले कालो सूचीमा पर्ने कम्पनीहरूमा गजराज बालन योगीको बालन बद्रर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, बिज्ञानकुमार अर्यालको डाइग्नेकेम– जय शम्भु जेभी रहेको जानकारी दिएको हो ।
त्यसैगरी निहाल गुरुङको ग्रिन टेक प्रोजेक्ट प्रालि, चेतबहादुर बुढाको एसएनसी निमार्ण सेवा प्रालि, इनामुल्लाह फकिरको शाह निमार्ण सेवा प्रालि र रञ्जन रायमाझीको आरोग्य कन्ट्रक्सन प्रालि कालो सूचीमा रहेको अनुुगमन कार्यालयले जनाएको छ ।
