भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

अछामका लागि छुटेको बस डोटीमा दुर्घटना, तीन जनाको मृत्यु, सातको अवस्था गम्भिर

अछामका लागि छुटेको बस डोटीमा दुर्घटना, तीन जनाको मृत्यु, सातको अवस्था गम्भिर

२७ साउन २०७७ धनगढी । भारतबाट फर्किएकाहरुलाई लगेरधनगढीबाट छुटेको बस डोटीमा दुर्घटना भएको छ।कैलालीको त्रिनगर भन्सार नाकाबाट फर्किएकालाई लगेर गएको ना ६ ख २५२९ नम्बरको बस पूर्वीचौकी गाउँपालिका १ फुलोटमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । अछामका लागि छुटेको बस डोटीमा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

तीन जनाको मृत्यु, २९ घाईते, सातकाे अवस्था गम्भिर
बस दुर्घटनामा तीन जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु र २९ जना घाईते भएको बताए ।

७ जनाको अवस्था भने गम्भीर छ । बस आज बिहान दुर्घटनामा परेको हो । बस सडकबाट करिब ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन्।

 


Thali Mobile Pvt.Ltd.