भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

रतिखाेलाकाे कन्तबिजाेग, भाडा हजार रूपयाँ

रतिखाेलाकाे कन्तबिजाेग, भाडा हजार रूपयाँ

२८ साउन २०७७ सुर्खेत । अविरल वर्षाका कारण कर्णाली प्रदेशका अधिकाँस ठाउँमा स्थानीयलाइ सास्ती भोग्न परेको छ । यस्तै खोला तर्दा एक तर्फि एक हजार रूपया तिर्नुपर्छ भन्दा कतिपयलाइ हाँसो उठ्न सक्छ तर अवस्था यस्तै छ । दैलेखको रतीखोलामा बन्न लागेको पुल वर्षौ वित्दा पनि ठेकेदारका लापरवाहीका कारण अहिले सम्म बन्न सकेको छैन ।

स्थानीय तहलाइ पनि चासोको विषय बनेन जसका कारण रतीखोलामा सुर्खेत देखि दैलेख जाने र दैलेख देखि कालिकोट, सुर्खेत, जुम्ला, हुम्ला लगायतका जिल्ला तर्फ यात्रा गर्ने मानिसलाइ रतिखोलामा पैसा तिरेर तर्नु पर्ने वाध्यता छ । खोला बढेर सवारी साधन वारपार गर्न स्थानीय युवाको सहारा लिनु पर्ने हुन्छ । वारपार गराएवापत युवाले ६ सय देखि हजार रूपयाँ लिने गर्दछन् । यो समस्या दैलेखको मात्रै होइन, यता बाँके खोलाको पनि अवस्था उस्तै छ ।batoo

खोला तर्दा मोटरसाइकल लैजान नसक्दा एक हजार दिएर स्थानीयको सहयोग लिनु पर्ने हुन्छ । फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपर्दछ । यति मात्र कहाँ होर । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा १२ खोला छन् । कुनै पनि खोलामा पुल निर्माण नहुँदा तिनै खोलालाई देखाएर यातायात व्यवसायीले चर्को मूल्य असुल्ने गरेको पाइएको छ ।

मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार तिरेर खोला तारेर जानु पर्ने बाध्यता कहिले सम्म रहने हो यसको जवाफ नत स्थानीय सरकारलाइ छ नत स्थानियलाइ नै छ । सरोकारवालाको ध्यान जान सकेको छैन । जसका कारण बन्नलागेका पुल पनि अलपत्र पारेर ठेकेदारहरू कानमा तेलहालेर बसेका छन् ।

हेर्नुहोस अवस्था…

https://www.facebook.com/Kailashkhabarnews/videos/314539586568176/

उपभोक्ता समितिले समयमा काम सम्पन्न गर्न नसक्दा रकम कटौति गर्ने स्थानीय तह र पूर्वाधार विकाससँग सरोकार राख्ने कर्णाली प्रदेशका जिम्मेवार निकायहरू दैलेख जिल्लाको गुराँस गाउँपालिकाको रतिखोलामा पुल निर्माणको काम वर्षौ देखि यहि अवस्थामा थन्किएको ।

 


Thali Mobile Pvt.Ltd.