काठमाडौं ।अष्ट्रेलिया पठाउँछु भन्दै ६ लाख ठगी गर्ने एक महिला पक्राउ पछि जेल चलान भएकी छन् । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गर्ने अर्घाखाँची जिल्लाको साविक बाँगी–८ घर भइ काठमाडौं बस्दै आएकी बसन्ता आचार्य जेल चलान भएकी हुन् ।
वैदेशिक रोजगार न्यायधिकरणको फैसलाले १ वर्ष ६ महिनाका लागि जेल परेकी उनी गत असार देखि फरार रहेकी थिइन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको केएल टावरबाट नियन्त्रणमा लिएकाे थियो । २०६९ कार्तिक १० गते ६ लाख लिएर अष्ट्रेलिया नपठाएपछि गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका हरी थापाले उनी बिरूद्ध २०७२ सालमा मुद्दा दायर गरेका थियो ।
न्यायधिकरणले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।आचार्यले बैदेशिक रोजगार ऐन २०६४ दफा १० र ४३ बमोजिम कसुर गरेकोले विगो ६ लाख र विगोको ५० प्रतिशत हर्जना ३ लाख गरी रु ९ लाख वादीलाई भर्नुपर्ने समेत न्यायधिकरणको फैसलामा उल्लेख गरिएको छ । फैसलापछि फरार रहेकी उनलाई एक युट्युव च्यानलकाे कार्यालयबाट नियन्त्रणमा लिइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भरतपुर । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी...
जाजरकोट। भूकम्पका कारण जाजरकोट जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जोखिमको...
काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गरेको छ । आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो निषेध गरेको हो । अटेर गरेमा पाँच...