भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

ओलीतन्त्रले राज्यको कानुन सबै लत्यायो र आफैँ अपहरणमा मुछियाे : डा. बाबुराम भटराई

ओलीतन्त्रले राज्यको कानुन सबै लत्यायो र आफैँ अपहरणमा मुछियाे : डा. बाबुराम भटराई

१५ बैशाख २०७७ काठमाडौं । सांसद सुरेन्द्र यादव ‘अपहरण’ प्रकरणमा जाहेरी दर्ता नगर्न प्रहरीलाई दबाब आएको कुरा अहिले सामाजिक संजालमा भाइरलमात्रै भएको छैन, राजनैतिक वृत पनि तातेको छ ।

कतिपयले सामाजिक सञ्जालमा लेखेको भरमा सर्वसाधारणलाई कारवाहीको दायरामा ल्याउने नेपाल प्रहरी ‘अपहरण’ सम्बन्धी गम्भीर आरोपको जाहेरी दर्ता गर्न समेत किन ‘अस्वीकार’ गरेको छ ? भनेर टिका टिप्पर्णी गर्न थालेका छन् ।

गम्भीर घटनामा प्रहरीले जाहेरी लिन नमानेपछि सामाजिक सञ्जालमा प्रहरी संगठन र सरकारको चर्को बेस्सरी आलोचना हुन थालेको छ । यस घटनाले प्रहरी संगठनको व्यवसायिकतामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

जाहेरी नदिँदा पनि राज्य आफैले अनुसन्धान गर्नुपर्ने विषयमा जाहेरी दिदा समेत दर्ता नगरिनु ओलीतन्त्रले राज्यको कानुन सबै लत्याएको र राज्यको अपराधीकरण गरेको आरोप डा. बाबुराम भटराईको छ ।

ओली आफैँ अपहरणमा समेत मुछिएको भन्दै डा. भट्टराईले राजनीतिक दबाब (प्रधानमन्त्री)को कारण प्रहरीले जाहेरी दर्ता गर्न नमानेको हुन सक्ने बताए ।

आखिर किन ?

घटना महोत्तरी जिल्लामा भएको कारण देखाउँदै महानगरीय प्रहरी परिसर, काठमाडौँ जाहेरी दर्ता गर्न पन्छिएको छ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सत्तारुढ पार्टी (नेकपा) का सांसद महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न डा. भटराई लगायतको टिम काठमाडौँ प्रहरीमा पुगेको थियो ।

तर प्रहरी दर्ताको सट्टा अस्वीस्कार गरेर पन्छि दियो। काठमाडौँ प्रहरीले जाहेरी नलिएपछि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपि ओली आफै अपहरण काण्डमा मुछिएको आरोप लगाउदै यस घटनाले सम्पूर्ण कर्मचारी, प्रहरी र प्रशासनलाई आतंकित पारेको बताए । यस घटनाको प्रमुख पैतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।

अपहरणकारीलाई सम्मान, यो कस्तो लोकतन्त्र भनेर टिप्पणी हुन थालेको छ । ०७७ असार २४ मा उमेर हदका कारण अवकाश पाउँन लागेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवाली माथि पनि प्रश्न तेर्सिएको छ । २०७६ माघ २८ मा नयाँ आईजीपी भएका ज्ञवाली अडान लिन नसक्दा उनको कार्यक्षमता कमजोर रहेको टिप्पणी हुन थालेको छ ।

सांसद यादवको अपहरण सम्बन्धी जाहेरी दर्ता गर्नबाट पछि हटेपछि सर्वत्र चर्चा हुन थालेको छ । राजनीतिक दबाब कहाँबाट किन आयो ? अपराधीलाई उन्मुक्ति दिएर उनले गर्न खोजेको कारण के हो ? भन्ने कुराले आईजीपी ज्ञवालीमाथि प्रश्न तेर्सिनु स्वाभाविक नै होला ।

तर अपहरणमा संलग्न भनिएका सांसद महेश बस्नेत र श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता भएको बुझिएको छ । प्रधानमन्त्री ओलीकै दवावका कारण आईजीपी ज्ञवालीले जाहेरी दर्ता नगर्न काठमाडौँ प्रहरी प्रमुखलाई निर्देशन दिएको आरोप लागेको छ भने पूर्वआईजीपी सर्वेन्द्र खनाल संवैधानिक पदको लोभमा सांसद अपहरण प्रकरणमा मुछिएको पूर्वडीआईजीको दावी छ ।

कुनै पनि अपराधको घटना जुनसुकै जिल्लाको प्रहरी कार्यालयबाट दर्ता गर्न सकिने कानुनी व्यवस्था हुदा हुदै काठमाडौँ प्रहरीले घटना भएको नजिकको प्रहरी कार्यालयमा उजुरी दिन भन्दै सांसद यादवको उजुरी लिन मानेनको कारण बाटै पनि रहस्यको पुष्टी हुन्छ ।

आइतबार डा. सुरेन्द्र यादव जनता समाजवादी पार्टीका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमी, राजेन्द्र श्रेष्ठलगायतका नेताहरू जाहेरी दर्ता गर्न टेकु पुगेका थिए ।

 


Thali Mobile Pvt.Ltd.