भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

कम्प्युटर, माेवाइल र टिभिमा हेर्दा समस्या भयाे ? घरेलु यी औषधि सेवन गर्नुस्

कम्प्युटर, माेवाइल र टिभिमा हेर्दा समस्या भयाे ? घरेलु यी औषधि सेवन गर्नुस्

१५ बैशाख २०७७ काठमाडाैं । लकडाउनका कारण मानिसहरु कम्प्युटर, ल्यापटम, मोबाइल र टिभीमा धेरै लामो समय जाेडिएर काम गरिरहेका छन् । लगातार स्क्रीनको अगाडि बस्दा आँखामा नराम्रो असर परेकाे पतै भएकाे छैन ।

तर यसकाे कारणले कालो धब्बा देखिने, आँखा पाेल्ने, आँखाबाट आसु आउने जस्ता समस्याहरु पैदा हुन्छन् । जसका कारणले आँखा वरीपरि चाउरीपना पनि देखिन्छ यसका साथै आँखा थकित हुन्छ ।

यस्तो अवस्थामा आँखा सुरक्षित कसरी राख्ने ?
अपनाउनुस् घरेलु यी औषधि

टी ब्याग 

चियाको पातमा क्याफिनको मात्रा धेरै पाइन्छ । यसले आँखा सुन्निएको कम गर्छ र आँखामा रक्तसञ्चार गराउँन मद्दत गर्छ । त्यसैले टि ब्यागलाई चिसो बनाउन फ्रिजमा राख्नुहोस् र ५ मिनेटसम्म आँखामाथि राखेर बस्नुहोस् ।

काक्रो

थकित आँखाको लागि काक्रोले आनन्द प्रदान गर्नुका साथै मोस्चराइजरको पनि काम गर्छ । काक्रोको बोक्रा फालेर लेदो बनाएर यसलाई ३० मिनेटसम्म फ्रिजमा राख्नुहोस् । र आँखाको वरिपरि लगाएर २०/२५ मिनेट आराम गर्नुहोस् र चिसो पानीले पखाल्नुहोस् ।

आलु 

आलुमा पाइने इन्जाइमले आँखाको कालो धब्बा हटाउन निकै मद्दत गर्छ । आलुलाई लेदो बनाएर ३० मिनेटसम्म फ्रिजमा राखेपछि आँखाको पूरै भागमा लगाएर २०/२५ मिनेट सम्म राख्ने र पानीले पखाल्ने ।

गुलाब जल 

गुलाब जलले आँखालाई आराम दिलाउँछ । कटन प्याडलाई गुलाब जलले भिजाएर आँखामाथि राख्ने र १५ मिनेटसम्म आँखा बन्द गर्ने गर्नुपर्छ ।

नरिवलको तेल 

नरिवलको तेलले आँखाको वरिपरिको कालो भाग, सुख्खापन र सुन्निनबाट बचाउँछ । त्यसैले आँखाको तल्लो भागमा दुई थोपा नरिवलको तेल राख्नुस् र हल्का मसाज गर्नुस् आँखा वरिपरि । यो राति सुत्नुअघि गरिने उपाय हो । र बिहान धुनुहोस् । यसले गर्दा चाउरीपना पनि हटेर जाने चिकित्सकले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.