१५ बैशाख २०७७ काठमाडाैं । डिसेम्बर अन्तिममा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको वुहानमा शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमितलाइ डिस्चार्ज गरेपछि काेराेना संक्रमितकाे संख्या शुन्यमा झरेकाे छ ।
त्यसपछि एक जना पनि नयाँ बिरामी नथपिएकाे चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले बताएका छन् । स्वास्थ्यकर्मीको मिहेनतले सम्भव भएको समाचार संस्था सिन्हवाले जनाएको छ । ७६ दिनसम्म लकडाउन गरेर वुहानमा कोरोना सङ्क्रमण राेकिएकाे थियो ।
चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र छ । चीनको वुहानबाट फैलिएको कोरोनाको सङ्क्रमणका कारण अहिले विश्वभरी साढे २९ लाख ९५ हजार भन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।
जसमध्ये ८ लाख ७७ हजारभन्दा धेरै निको भएका छन् । १९ लाख भन्दा धेरैको उपचार चलिरहेको छ । उपचार गराईरहेका मध्ये ५७ हजार ५ सय ९१ जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएको छ। इजरायलले इरानका आणविक र सैन्य ठाँउहरूमा आक्रमण गरेपछि इरानले ड्रोन र क्षेप्यास्त्रद्वारा कडा प्रतिक्रिया दिएको छ। इजरायली आक्रमणमा इरानको गुप्तचर...
काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्। भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति...
मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये...
एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको...