भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

काेराेना उत्पती भएकाे वुहान शहरमा सङ्क्रमित संख्या शून्यमा झर्याे

काेराेना उत्पती भएकाे वुहान शहरमा सङ्क्रमित संख्या शून्यमा झर्याे

१५ बैशाख २०७७ काठमाडाैं । डिसेम्बर अन्तिममा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको वुहानमा शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमितलाइ डिस्चार्ज गरेपछि काेराेना संक्रमितकाे संख्या शुन्यमा झरेकाे छ ।

त्यसपछि एक जना पनि नयाँ बिरामी नथपिएकाे चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले बताएका छन् । स्वास्थ्यकर्मीको मिहेनतले सम्भव भएको समाचार संस्था सिन्हवाले जनाएको छ । ७६ दिनसम्म लकडाउन गरेर वुहानमा कोरोना सङ्क्रमण राेकिएकाे थियो ।

चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र छ । चीनको वुहानबाट फैलिएको कोरोनाको सङ्क्रमणका कारण अहिले विश्वभरी साढे २९ लाख ९५ हजार भन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।

जसमध्ये ८ लाख ७७ हजारभन्दा धेरै निको भएका छन् । १९ लाख भन्दा धेरैको उपचार चलिरहेको छ । उपचार गराईरहेका मध्ये ५७ हजार ५ सय ९१ जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.