भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उनकाे उदाहरणीय कार्य, जसले गर्दा सबैकाे मन जित्याे…

उनकाे उदाहरणीय कार्य, जसले गर्दा सबैकाे मन जित्याे…

१५ बैशाख २०७७ दैलेख । गरीब, विपन्न तथा समस्यामा परेका मानिसलार्इ उद्योग बाणिज्य संघ देलेखका अध्यक्ष कुलबहादुर विश्वकर्माले राहत वितरण गरेका छन् । कोरोना भाइरस (कोभिड १९)काे नियन्त्रण तथा राेकथाम गर्न सरकारले लकडाउन गरेपछि जिल्लामा समस्या उत्पन्न भयाे ।

उत्पन्न समस्या समाधानका लागि विश्वकर्माले व्यक्तिगत रुपमै राहत वितरण गरेका हुन । कर्णाली प्रदेशमा राहत वितरणमा उनी अग्रस्थानमा रहेका छन् । विश्वकर्माले दैलेखका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, पत्रकार तथा कारागारका कर्मचारी, कैदीबन्दीसमेतलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख, सशस्त्र प्रहरी बल, नेपाली सेनाको इन्द्रदल गुल्म, स्वास्थ्य सेवा कार्यालय, कारागार कार्यालय र जिल्लामा क्रियाशिल पत्रकारहरुलाई दुई लाख पचास हजार भन्दा बढिका स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

भैरहवा सूनचाँदी पसलका सञ्चालक समेत रहेका उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष विश्वकर्माले नमुना बस्ती लगायत विभिन्न चर्चमा समेत व्यक्तिगतरूपमा राहत सामग्री वितरण गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.