भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

उनकाे उदाहरणीय कार्य, जसले गर्दा सबैकाे मन जित्याे…

उनकाे उदाहरणीय कार्य, जसले गर्दा सबैकाे मन जित्याे…

१५ बैशाख २०७७ दैलेख । गरीब, विपन्न तथा समस्यामा परेका मानिसलार्इ उद्योग बाणिज्य संघ देलेखका अध्यक्ष कुलबहादुर विश्वकर्माले राहत वितरण गरेका छन् । कोरोना भाइरस (कोभिड १९)काे नियन्त्रण तथा राेकथाम गर्न सरकारले लकडाउन गरेपछि जिल्लामा समस्या उत्पन्न भयाे ।

उत्पन्न समस्या समाधानका लागि विश्वकर्माले व्यक्तिगत रुपमै राहत वितरण गरेका हुन । कर्णाली प्रदेशमा राहत वितरणमा उनी अग्रस्थानमा रहेका छन् । विश्वकर्माले दैलेखका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, पत्रकार तथा कारागारका कर्मचारी, कैदीबन्दीसमेतलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख, सशस्त्र प्रहरी बल, नेपाली सेनाको इन्द्रदल गुल्म, स्वास्थ्य सेवा कार्यालय, कारागार कार्यालय र जिल्लामा क्रियाशिल पत्रकारहरुलाई दुई लाख पचास हजार भन्दा बढिका स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

भैरहवा सूनचाँदी पसलका सञ्चालक समेत रहेका उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष विश्वकर्माले नमुना बस्ती लगायत विभिन्न चर्चमा समेत व्यक्तिगतरूपमा राहत सामग्री वितरण गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.