१८ जेष्ठ २०७७, रौतहट । स्वास्थकर्मीमाथि ढुंगामुढा प्रहार गर्नेमाथि कारवाही नगरिए रौतहट क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी काम छोडेर आन्दोलित हुदै उपचार ठप्प पार्ने चेतावनी दिएका छन् ।
भारतीय सीमा जोडिएको रौतहटको ईशनाथ नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी आन्दोलित भएका हुन् । तीन दिन अघि स्थानीय दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितलाई गाउँकै एक मदरसामा राखेर उपचार गर्नुपर्ने माग गर्दै केही स्थानीयले सुरक्षाकर्मीसँगै स्वास्थकर्मी माथि ढुुंगामुढा गरेका थिए ।
ईशनाथ नगरपालिका वडा ६ जोकहागाँउमा भएको उक्त घटनामा आफनो ज्यान थाती राखेर बिरामीको सेवा गर्दा गर्दै आफुुहरु सुरक्षित नरहेको भन्दै नगर स्वास्थ्य संयोजक ईशराजुुल खानले आन्दोलनमा उत्रेको जानकारी दिएका छन् ।
दोषीलाई प्रशासनले कार्वाही नगरे, आन्दोलनको बेवास्ता गरे, सामुहिक रुपमै नगरभरका सबैजना स्वास्थकर्मी क्वारेन्टाइनमा काम नगर्ने भन्दै खानले चेतावनी दिए । दोषीलाई कारवाहीका साथै सबै स्वास्थकर्मीको सुरक्षाको जिम्मा स्थानीय प्रशासनले लिनुुपर्ने माग पनि रहेको संयोजक खानले बताएका छन् ।
यता, जिल्ला सुरक्षा समितिका संयोजक रौतहटका सिडिओ बाशुदेव घिमिरेले स्वास्थकर्मीमाथि ढुुंगामुढा गर्नेलाई कार्वाही गर्न पहल भइरहेको र स्वास्थकर्मीको सुरक्षाको जिम्मा पनि लिने प्रतिबद्धता जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...