भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेपालकाे नयाँ नक्सालाई आधिकारिक बनाउन संसदमा संशोधन विधेयक पेश . LIVE

नेपालकाे नयाँ नक्सालाई आधिकारिक बनाउन संसदमा संशोधन विधेयक पेश . LIVE

१८ जेठ २०७७ काठमाडौं । सरकारले जारी गरेको नयाँ नक्सालाई आधिकारिकता दिन संघीय संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पेश गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गरेकी हुन् ।

विधेयक पेश गर्न मागिएको अनुमतिमा विरोधको कुनै सूचना नपरेपछि सभामुख अग्‍निप्रसाद सापकोटाले नेपालको संविधान २०७७ पेश गर्न अनुमति दिएको घोषणा गरे । नेपाल सरकारले हालै अद्यावधिक गरेको राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको निशान छापमा रहेको नक्सालाई नेपालको वास्तविक नक्सामा समावेश गर्न विधेयक पेश गरेकी हुन् ।

भिडियो….

https://www.facebook.com/Kailashkhabarnews/videos/2730076490614258/

https://www.facebook.com/Kailashkhabarnews/videos/181777156508904/

‘नेपालको संविधानको धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा नेपालको वास्तविक नक्सा अनुरुपको प्रकाशित गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निशान छाप भित्र अकिंत नेपालको नक्सालाई नेपालको वास्तविक नक्सा अनुरुप मिलायन आवश्यक भएकोले संसोधन विद्येयक संसद समक्ष पेश गर्दछु’ कानुन मन्त्री तुम्बाहाङफेले भनिन।

भारतले अतिक्रमणम गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न कांग्रेसले शनिबार संसदीय दललाई निर्देशन दिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.