१८ जेठ २०७७ डडेल्धुरा । बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बालिकाको रिर्पोटमा कोरोना पुष्टि भएको छ ।
आइसोलेसन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । धनगढी प्रयोगशालामा गरिएको परीक्षणामा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयल डोटीका निर्देशक गुणराज अवस्थीले बताए ।
पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना भाइरसबाट मृत्यु हुने पहिलो बनेकी छन्। मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ।

