२ साउन २०७७ मोरङ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीको घाँटीमा खुकुरी प्रहार भएको छ । घटनाका दोषीलाई काँग्रेसले कारबाहीको माग गरेको छ ।
स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरेको बताइएको छ । ठकुरीको खुकुरी प्रहारबाट अध्यक्ष कार्की गम्भीर घाइते भएका छन् । घाइते कार्कीको गर्धन र हातमा चोट लागेको छ ।
